२५ बैशाख २०८३, शुक्रबार

‘नागरिकको काम गर्न कसैको निर्देशन नकुर्नु’


१७ ,कात्तिक ,काठमाडौँ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले नागरिकको काम गर्न कसैको निर्देशन कुर्नु नपर्ने बताएकि छन् ।

गुठी संस्थानको ६०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले माथिको आदेश भन्दै कतिपय काममा अनियमितता गर्ने तथा नियम मिचेर काम गर्ने गरेको सुन्ने गरेको उल्लेख गर्दै त्यसो नगर्न निर्देशन दिईन् ।

“कानुनले दिएको अधिकार प्रयोग गरेर आम नागरिकको समस्या समाधान गर्न कसैको आदेश कुर्नु पर्दैन्”, मन्त्री चौधरीले भनिन्, “यदी कसैले कसैको आदेशमा या गलत नियत राखेर जनताको काममा ढिलासुस्ती गर्छ वा माथिल्लो निकायको आदेश भन्दै कानुन विपरीत काम गर्छ भने त्यो कारवाहीको भागेदार हुन्छ ।”


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives