२६ पुष २०८१, शुक्रबार

तरलता उच्च हुँदा बैंकहरूले घटाए निक्षेपको ब्याजदर


काठमाडौं । अधिकांश बैंकले १ कात्तिकदेखि लागू हुने निक्षेपको ब्याजदर घटाएका छन् । अहिले बजारमा अधिक तरलता भएका कारण बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । कर्जाको तुलनामा निक्षेपको वृद्धिदर उच्च भएका कारण अहिले बैंकिङ प्रणालीमा अन्तरबैंक ब्याजदर २ प्रतिशत भन्दा तल छ । पछिल्लो समय सरकारले आन्तरिक ठूलो मात्रामा उठाइरहेको छ । एसबीआई बैंक र एनएमबि बैंकले सीडी रेसियोमा केही दबाब बढेपपछि निक्षेपको ब्याजदर बढाउँदा एनआईसी एशिया बैंकले पनि कात्तिकमा निक्षेपको ब्याजदर सामान्य बढाएको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम् ब्याजदर घटाएका छन् । चारवटा ४ वटा बैंकले भने असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन् । माछपुच्छ्रे बैंकले साउनदेखि नै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् ब्याजदर ९.९९ प्रतिशतलाई नै निरन्तरता दिएको छ । कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा हिमालयन बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले ११।००३ प्रतिशत ब्याजदर दिने भएका छन् । असोजमा हिमालयन बैंकको ११.०५४ प्रतिशत ब्याजदर थियो भने एनआईसी एशिया बैंकको १०.८९६ प्रतिशत र एनएमबि बैंकको ९.९९ प्रतिशत ब्याजदर रहेको थियो ।

राष्ट्र बैंकले एकपटक तोकेको प्रिमियम ऋणीको सहमतिबिना बढाउन नपाउने व्यवस्था गरेको छ । त्यसले गर्दा २ प्रतिशत बिन्दुको अन्तर कायम गर्न बढी प्रिमियम भएको कर्जाको प्रिमियम घटाउनुपर्ने दबाब छ । अर्कातर्फ ब्याजदर घटाएसँगै बैंकहरूको आधार ब्याजदर घट्दा स्वतः कर्जाको ब्याजदर पनि घट्ने भएकोले ऋणीलाई भने यसले फाइदा पुग्ने बैंकरहरू बताउँछन् ।कात्तिकमा सबैभन्दा कम ब्याजदर भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.२२ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ । असोजमा बैंकको ९.२९ प्रतिशत ब्याज थियो । यस्तै सानिमा बैंकले ९.२२४ प्रतिशत, प्रभु बैंकले पनि ९.२२४ प्रतिशत, नेपाल बैंकको पनि ९.२२४ प्रतिशत र एभरेष्ट बैंकको पनि ९.२२४ प्रतिशत नै ब्याजदर प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई निक्षेपको ब्याजदर प्रकाशित गर्दा अघिल्लो महिनामा सोही वर्गका बैंकहरूले मुद्दती निक्षेपमा दिएको अधिकतम् ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ ।

व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् ब्याजदर र बचतको न्यूनतम् ब्याजदरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी हुन नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बचतमा पनि अधिकतम् र न्यूनतम् ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी गर्न नपाइने व्यवस्था छ, तर रेमिट्यान्स बचत तथा मुद्दतीमा भने व्यक्तिगतको तुलनामा न्यूनतम् १ प्रतिशत थप ब्याजदर दिनुपर्ने हुन्छ । कुल निक्षेपमा बचतको न्यूनतम् ब्याजदरको ५० प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने व्यवस्था छ । सोही आधारमा बैंकहरूले निक्षेपको ब्याजदर प्रकाशित गर्ने गरेका छन् ।

कात्तिकको लागि वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर :-

बैंक २०८० असोज २०८० कात्तिक
हिमालयन बैंक ११.०५४   ११.००३
एनआईसी एशिया बैंक १०.८९६   ११.००३
एनएमबि बैक ९.९९   ११.००३
नेपाल एसविआई बैंक १०   १०.७
प्राइम कमर्सियल बैंक ११.३५८   १०.२५
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ११.०३  १ ०.०१
कुमारी बैंक १०.११   १०.०१
नबिल बैंक ११.०५४   १०
ग्लोबल आईएमई बैंक १०.५   १०
लक्ष्मी सन्राइज बैक १०   १०
माछापुच्छ्रे बैंक ९.९९ ९.९९
सिद्धार्थ बैंक ९.९९   ९.९९
सिटिजन्स बैंक १०.०५   ९.९५
कृषि विकास बैंक १०.०११९   ९.७६१९
राष्ट्रिय वाणिज्य बैंक ९.५   ९.५
एभरेष्ट बैंक ११.०५४   ९.२२४
नेपाल बैंक ९.२९३   ९.२२४
प्रभु बैंक १०   ९.२२४
सानिमा ९.९५  ९.२२४
स्ट्यान्डर्ड चार्टर्ड बैंक ९.२९  ९.२२

स्रोतः बैंकहरुको प्रकाशित ब्याजदर


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार