११ माघ २०८२, आईतवार

स्कुटरको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु


काठमाडौं । भक्तपुरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१ नगरकोटमोड नजिक बा ६९प ९१० नम्बरको दुवाकोटबाट सल्लाघारी जाँदै गरेको स्कुटरले बाटो क्रस गर्ने क्रममा आज बिहान ठक्कर दिंदा सल्लाघारीकी ६८ वर्षीय भुलिमाया धगुछुको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी उनको डा. ईवामुरा अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । ठक्कर दिने स्कुटर चालक दोलखाकको तामाकोशी गाँउपालिका-४ घर भई भक्तपुर दुवाकोट बस्ने ३६ वर्षीय यम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मिति: २५ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?