२४ बैशाख २०८३, बिहीबार

पटकपटक अटेरपछि पुरातत्त्वको कडा निर्देशनः बनेपाको ऐतिहासिक लायकु प्रवेशद्धारको प्राचीनता मासेर भएको आधुनिक निर्माण रोक्नु !


काभ्रेपलाञ्चोक: पुरातत्त्व विभागले बनेपाको ऐतिहासिक लायकु प्रवेशद्धारको प्राचीनता मासेर भएको आधुनिक निर्माण रोक्न निर्देशा दिएको छ । शुक्रबार परिपत्र गरी आधुनिक सामग्री प्रयोग गरि कार्य भएको जानकारी प्राप्त हुन आएकोमा सो कार्य प्राचीन स्मारक संरक्षण ऐन विप।ित भएको विभागको ठहर छ । विभागले पुरातत्व अभियन्ता श्रीकृष्ण धिमालले गरेको उजुरीका आधारमा परिपत्र गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकलाई पत्र लेखेर यस्तो निर्देशन दिएको हो । ‘प्रस्तुत सन्दर्भमा मिति २०८०।०३।०७ को पत्रानुसार काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका ८ र ९ को संगमस्थलमा रहेको ऐतिहासिक लायकु प्रवेशद्धारको प्राचीनता मासेर आधुनिक निर्माण सामग्री प्रयोग गरि कार्य भएको जानकारी प्राप्त हुन आएकोमा सो कार्य प्राचीन स्मारक संरक्षण ऐन, २०१३ र नियमावली २०४६ को मर्म र भावना विपरित भएकोले उक्त कार्य रोक्का गरी पुरातात्विक सम्पदा संरक्षण कार्यमा आवश्यक सहयोग गरिदिन हुन भनी मिति २०८०।०४।११ को विभागीय निर्णयानुसार पठाइएकोमा हाल सम्म उक्त कार्य रोक्का नभएकोले निर्माण कार्य तत्कालै रोक्का गरी सम्पदा संरक्षण कार्यमा आवश्यक सहयोग गरिदिन हुन अनुरोध गरिन्छ,’पुरातत्व अधिकृत सविता न्यौपाने (पौडेल) ले गरेको परिपत्रमा भनिएको छ।

पत्रको बोधार्थ र कार्यार्थ जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोक र बनेपा नगरपालिकालाई पठाँउदै सम्पदा संरक्षण कार्यमा आवश्यक सहयोगका लागि निर्देशन दिइएको छ । तस्बिर: श्रीकृष्ण धिमाल

 


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives