२८ पुष २०८१, आईतवार

एमाले संसदीय दलद्वारा शोक प्रस्ताव पारित


२८ ,भाद्र ,काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको आजको बैठकले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकको लोकतान्त्रिक आन्दोलन र सविधान निर्माणमा नेम्वाङले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेकोे ठहर गरेको छ ।

नेता नेम्वाङको यही भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार