२५ मंसिर २०८२, बिहीबार

एमालेका शीर्ष नेताहरू चढेको जहाज जनकपुर विमानस्थल नजिकैबाट काठमाडाैँ फिर्ता


१३ भदाै, काठमाडाैँ । नेकपा एमालेका शीर्ष नेताहरू चढेको विमान काठमाडाैँ फिर्ता भएको छ । बुधबार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर काठमाडाैँ फिर्ता भएको हो ।

जहाजमा प्राविधिक समस्या देखिएपछि विमानस्थल नजिकैबाट काठमाडाैँ फिर्ता गर्नुपरेको बताइएको छ ।

सचिवालय बैठकमा सहभागी हुन उक्त विमानमार्फत एमालेका शीर्ष नेताहरू जनकपुर हुँदै सिराहा जान लागेका थिए । जहाजमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, अमृत बोहरा लगायतका नेता रहेको बताइएको छ ।


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार