२५ बैशाख २०८३, शुक्रबार

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई


९ ,भाद्र ,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्दप्रसाद श्रेष्ठलाई दिइएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा हुने एक वैवाहिक कार्यक्रममा सहभागी हुन आज भारत प्रस्थान गर्नु भएपछि पार्टीका कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए ।

उनका अनुसार उक्त अवसरमा अध्यक्ष यादवको दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट पनि हुने छ ।

अध्यक्ष यादव यही भदौ २१ गतेसम्म भारतमै रहनुहुने जनाइएको छ ।

अध्यक्ष यादव दिल्ली हुँदै केरेला पुग्ने कार्यक्रम छ ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives