२७ पुष २०८१, शनिबार

नेपालीहरूको भान्सामा यसरी पुर्याइँदैछ मरेका कुखुराको मासु !


३ भदाै, काठमाडाैँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उपभोक्ताको भान्सामा मरेका कुखुराको मासु पुगिरहेको ब्रिफिङ गराइएको छ ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा पशु सेवा विभागकी उपमहानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईले उपभोक्ताको भान्सामा मरेका कुखुराको मासु प्याकिङ गरेर पुर्याउने काम भइरहेको जानकारी गराएकी हुन् ।

उनले निरीक्षणका क्रममा मरेका कुखुराको मासु बिक्री भइरहेको पाइएको बताएकी हुन् ।

उनले भारतबाट रातको समयमा कुखुरा ल्याइने गरिएको र बाटोमै वा खोरमा ती कुखुराहरू मरेपछि काटेर बिक्री गर्ने गरेको पाइएको उनले दाबी गरेकी छिन् ।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार