२५ बैशाख २०८३, शुक्रबार

सन्दीपविरुद्धको मुद्दामा अदालतले मगायो पीडितकी आमाको जन्ममिति पुष्टि गर्ने कागजात


३२ श्रावण, काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा काठमाडाैँ जिल्ला अदालतले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ।

आज (बिहीबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासमा भएको क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा उक्त आदेश दिइएको हो ।

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसपछि पटक–पटक मुद्दा सुनुवाइका लागि पेशी चढे पनि स्थगित भएका थिए ।

लामिछाने विश्वकप छनोट खेल्न जिम्बावे गएपछि मुद्दाको सुनुवाइ रोकिएको थियो । लामिछाने फर्किएलगत्तै मुद्दाको सुनुवाइ सुरू हुन लागेको हो ।

क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा वि.सं. २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।

नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई वि.सं. २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives