२८ पुष २०८१, आईतवार

शुक्रबार पक्राउ परेका रोहन अडुकिया रिहा


२७ श्रावण, काठमाडाैँ । भारतको नयाँ दिल्लीबाट आउने क्रममा पक्राउ परेका रोहन अडुकिया रिहा भएका छन् । शुक्रबार अपरान्ह पक्राउ परेपछि अध्यागमनको हिरासतमा रहेका उनी शनिबार बिहान रिहा भएका हुन् ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा उनका बुबा राजेश अडुकियाको नाम जोडिएपछि रोहन पनि अध्यागमन विभागको कालो सूचीमा परेका थिए।

तर, सिआइबीको लिस्टमा उनको नाम नपरेको पाइएपछि उनलाई परिवारको जिम्मा लगाइएको हो ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार