९ माघ २०८२, शुक्रबार

बाढीले बगायो नेपाल-भारत सीमास्तम्भ


२३ श्रावण, कैलाली । कैलालीको मोहना नदीमा आएको बाढीले नेपाल–भारत सीमास्तम्भ बगाएको छ । बाढीले धनगढी उपमहानगरपालिका–९ स्थित भैंसीघाटमा रहेको एउटा सीमास्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । ७४८-३ नम्बरको सो सीमास्तम्भ पहिल्यैदेखि कटानको जोखिममा थियो ।

कटानको जोखिममा परेको सीमास्तम्भ जोगाउनका लागि नेपाल, भारत दुवैतिर नाममात्राको तटबन्ध गरिएको थियो । अन्तर्राष्ट्रिय सीमास्तम्भ भए पनि कटानबाट जोगाउनका लागि बलियो तटबन्ध नबनाउँदा बाढीले बगाएको हो ।

कटानको जोखिममा परेको सीमास्तम्भको वरिपरि बोरामा बालुवा राखेरमात्रै सामान्य तटबन्ध गरिएको थियो । सीमास्तम्भको पूर्वी भागतिर नेपाल र पश्चिम भागतिर भारत पर्दछ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?