२५ बैशाख २०८३, शुक्रबार

ट्याक्सीलाई समातेर सरकारले सुन तस्करीका मालिक जोगाउन खोज्यो : रवि लामिछाने


१३ श्रावण, भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुन तस्करी प्रकरणमा मालिक जोगाउन खोजेको टिप्पणी गरेका छन् ।

शनिबार भक्तपुरमा रास्वपा भक्तपुर नगर समिति गठन तथा घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले ठूला मान्छे देखेपछि सरकार अरू फाइल खोल्न लाग्ने बताए ।

उनले भने, ‘बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई बीच बाटोमै समातेर मालिक जोगाउन खोजिएको होकी भन्ने आशंका उत्पन्न भएको छ। ट्याक्सीको पछि लागेको भए सुनको मालिकसम्म पुग्न सकिन्थ्यो। तर त्यसो गरिएन। बीच बाटोसम्मको खबर पाउनेले भरिया समाउन सक्नेले मालिकसम्म किन पुगेन होला ? हामी सुनका मालिक हेर्न बसेका छौं।’


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives