१७ माघ २०८२, शनिबार

रास्वपाले बोलायो संसदीय दलको बैठक, सुन तस्करी प्रकरणबारे धारणा बनाउने


१० श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । सुन तस्करी प्रकरणबारे छलफल गर्न रास्वपाले संसदीय दलको बैठक बोलाएको हो।

गत बिहीबार त्रिभुवन विमानस्थलबाट जाँच पास भइ बाहिरिने क्रममा रहेको एक क्विन्टल सुन भन्सार राजश्व विभागले बरामद गरेकाे थियो । अहिले यस विषयले चर्चा पाइरहेको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले पनि यस विषयमा धारणा बनाउन संसदीय दलको बैठक बोलाएको छ ।

आज प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा यसले ठूलो स्थान पाउने निश्चित छ ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार