३० बैशाख २०८३, बुधबार

लाइसेन्स बनाइदिने भन्दै चार लाख बढी ठगी गर्ने दुई जना पक्राउ


८ श्रावण, काठमाडाैँ । लाइसेन्स बनाइदिने र ट्रायल पास गराइदिने भनी करिब चार लाख तीस हजार रुपियाँ बराबरको रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी–१३ एकान्तकुना बस्ने ३० वर्षीय सम्राट, समीर, रागब भन्ने राजु परियार र काठमाडौं–१४ कलङ्की सुनारगाउँ बस्ने ३६ वर्षीय ब्रम्हा रिसाल छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको निवेदनका अनुसार मिक्मार तामाङ, सुनिल महर्जन, लिलाध गिरी, कृष्णलाल मोक्तान, समिर भट्टराई, बिशाल विश्वकर्मा, सानुकान्छा तामाङ, अर्जुन बुढा मगरसमेत १२ जनालाई आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी बताई परियार र रिसालले ठगी गरेको उल्लेख छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्ष प्रवक्ता रविन्द्र रेग्मीले लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने लगायतका कार्यहरु गरी दिन्छु भनी विश्वास दिलाई पीडितहरुबाट नगद तथा सुनको गहना जबरजस्ती लिई चार लाख तीस हजार रुपियाँ बराबरको रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा परियार र रिसाललाई पक्राउ गरिएको जानकारी दिए ।

परियाललाई साउन ६ गगे लुभुबाट र रिसाललाई साउन ७ गते कालीमाटीबाट ठगी गरेको सुनलाई गाली ढिक्का बनाइ राखेको सुन ११.६८० ग्रामसहित पक्राउ गरिएको हो । रिसाल कृष्ण ज्वेलर्स एण्ड सन्सका सञ्चालक हुन् ।

पक्राउ परेका दुवै जनालाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिए ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives