३० बैशाख २०८३, बुधबार

नेपाल प्रहरीका डिएसपीमाथि कुटपिट, बसपार्कमा घाइते अवस्थामा भेटिए


७ श्रावण, महोत्तरी । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माथि कुटपिट भएको छ ।

प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादवमाथि महोत्तरीमा कुटपिट भएको हो । कुटपिटबाट यादव घाइते भएका छन् ।

उनलाई शुक्रबार राती १० बजे जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा घाइते अवस्थामा फेला पारी अस्पताल लगिएको थियो । खुट्टामा चोट लागेका यादवको अहिले काठमाडौं स्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

उनीमाथि कसले कुटपिट गरेको भन्ने पत्ता नलागेको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives