३० बैशाख २०८३, बुधबार

नेपाल-भारत सिमानामा महिलाको गोली हानी हत्या


७ श्रावण, धनुषा । नेपाल-भारत सिमानामा एक महिलाको गोली हानी हत्या भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित रहेको दशगजा पारी महिलाको हत्या भएको हो ।

हत्या हुने महिलाको पहिचान खुल्न नसकेको बताइएको छ । उनको अन्दाजी उमेर ३५ वर्ष रहेको प्रहरीले जानकारी दिएको छ ।

महिलालाई गएराति सवा ८ बजे मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले गोली हानी हानेका थिए । मृतक महिला भारतीय वा नेपाली भएको पनि यकिन हुन नसकेको बताइएको छ ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives