३१ बैशाख २०८३, बिहीबार

४ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु


६ श्रावण, सुनसरी । ४ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

शुक्रबार राती ११ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको पकलीमा चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । सोही दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा इटहरी १६ बस्ने करण चौधरी, शम्भु चौधरी र अनिनेश चौधरी रहेका छन् । घाइते प्रेमलाल चौधरीको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भारतीय नम्बर प्लेट भएको जीपसँग को २९ प ३७१२ नम्बरको मोटरसाइकल ठोक्किएर उक्त दुर्घटना भएको बताइएको छ ।


प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives