१७ माघ २०८२, शनिबार

सत्ता गठबन्धनकै सांसद्ले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा


५ श्रावण, काठमाडाैँ । सत्तारूढ दलकै सांसदले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाश शरण महतको राजीनामा मागेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सुन तस्करीको बारेमा छानबिनमा सघाउन नेपाली कांग्रेसका सांसद सुनिल शर्माले उनीहरूको राजीनामा माग गरेका हुन् ।

उनले उक्त बैठकमा भनेका छन्, ‘अर्थमन्त्री र गृहमन्त्रीले क्विन्टल क्वीन्टल सुन थाहा नपाइकन उहाँहरुको मातहतका निकायका मानिसले थाहा नपाउने र आएर प्रधानमन्त्रीको कार्यालयले इन्टरभेन गरेर सुन समातिएको देखिन्छ, अब प्रधानमन्त्रीलाई त धन्यवाद दिनुपर्‍यो। उहाँ धन्यवादको पात्र हुनुहुन्छ, यो देशमा। तर नैतिकताका हिसाबले देशमा यत्रो सुन क्वीन्टल क्वीन्टल सुन छिर्दा थाहा नपाउने अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा अनुसन्धानको प्रक्रियालाई सहज बनाउन उहाँहरुले राजीनामा दिनुपर्छ कि पर्दैन? कुरा यो हो।’


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार