३१ बैशाख २०८३, बिहीबार

सुन तस्करी काण्ड : विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारी निलम्बित


५ श्रावण, काठमाडाैँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई जना कर्मचारी निलम्बनमा परेका छन् । करिब १ क्विन्टल सुनबारे छानबिन गर्न उनीहरूलाई विभागले निलम्बन गरेको हो ।

निलम्बित हुनेहरूमा  भन्सारका जाँच पास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाल रहेका छन् ।

बुधबार साँझ क्याथे प्यासिफिक एयरलाइन्सबाट ल्याइएको ठूलो परिमाणको सुन बरामद भएको थियो । उक्त सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेको छ । उनीहरूमाथि अनुसन्धान जारी  छ ।

त्यस्तै, भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको टोलीले यस घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

चन्द र ढकाल सहित भन्सार एजेन्ट यादव पराजुली पनि निलम्बनमा परेका छन् ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives