३१ बैशाख २०८३, बिहीबार

सर्वोच्चको अन्तरिम आदेश पछि ककनी गा.पा.ले फोहोर को गाडी संग शुल्क नलिने


३ ,श्रावण ,काठमाडौँ ।  नुवाकोटको ककनी गाउँपालिकाले फोहोर बोकेर आउने गाडीलाइ प्रवेश शुल्क नलिने बताएको छ । एक विज्ञप्ति मार्फत ‘ककनी गाउँपालिकाले फोहोर मैला ढुवानी गर्ने सवारी साधनबाट वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम प्रवेश शुल्क लिन गरेको निर्णयविरुद्ध सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको र सो रिट उपर सम्मानित अदालतबाट तत्कालको लागि शुल्क नलिन अन्तरिम आदेश जारी भएको भन्ने ब्यहोरा जानकारी हुन आएकोमा सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम मुद्दाको अन्तिम किनारा नभएसम्म ककनी गाउँपालिकाले फोहोर मैला ढुवानी गर्ने सवारी साधनबाट शुल्क नलिने ब्यहोरा जानकारी गराइन्छ ।’

काठमाडौँबाट फोहोर बोकेर गएका गाडीसँग प्रवेश शुल्क लिन ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएपछि काठमाडौँबाट फोहोर बोकेर आउने सवारी साधनबाट शुल्क नलिने बताएको हो ।


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives