३१ बैशाख २०८३, बिहीबार

सीता दाहालको निधनप्रति एमाले अध्यक्ष ओलीद्वारा दु : ख व्यक्त


२७ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै दाहालप्रति श्रद्धाञ्जली अर्पण पनि गरेका छन् ।

‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’ उनले लेखेका छन् ।

सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives