३० बैशाख २०८३, बुधबार

सीता दाहालको शव श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यलयमा राखिने, अन्त्येष्टी आजै गरिने


२७ असार, काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आज नै अन्तिम संस्कार गरिने भएको छ ।

बुधबार बिहान ८:३३ बजे निधन भएकी दाहालको २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको हो ।

त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने जानकारी दिइएको सचिवालयले जानकारी दिइएको छ ।

प्रचण्ड पत्नी लामो समयदेखि पार्किन्सन्सबाट अस्वस्थ थिइन् । पछिल्लो समय उनको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives