१६ माघ २०८२, शुक्रबार

८४ सालमा एकल सरकार बनाउँछाैँ : केपी ओली


२६ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालमा एकल सरकार बनाउने दाबी गरेका छन् ।

अहिले सरकार बनाउने र जोगाउने फुर्सद नभएको बताउँदै २०८४ मा बहुमत ल्याएर एक सरकार बनाउने ओलीले दाबी गरे ।

मंगलबार बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले हामी अब मिसन ०८४ र ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं । यो सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन । हामीलाई टेको खोज्नु छैन ।’


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार