३० बैशाख २०८३, बुधबार

मनाङ एयरको हेलिकप्टर दुर्घटना : नेपाल घुम्न आएको परिवार नै एकै ठाउँमा अस्तायो


२६ असार, सोलुखुम्बु । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाउने पाँच जना एकै परिवारको भएको पाइएको छ ।

उनीहरू भारत घुम्न आएका र त्यहाँबाट भिजिट भिसामा आइतबार एयर इन्डियाको जहाजमा काठमाडौं आएको पाइएको छ ।

उनीहरू सोमबार लुक्ला गएको रेकर्डबाट देखिएको छ । उनीहरू माउन्टेन फ्लाइट सकेर हिजो नै काठमाडाैँ फर्किने तयारीमा थिए । तर, माैसम खराब भएका कारण आज मात्रै फर्किन लागेका थिए ।

तर, बिहान १० बजे उडेको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटनामा पर्यो । जसमा नेपाली पाइटत चेत बहादुर गुरूङसहित मेक्सिकोका फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेसले ज्यान गुमाए ।

उनीहरूमध्ये दुई जना आमा-बुवा र तीन जना छोराछोरी भएको बताइएको छ ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives