३० बैशाख २०८३, बुधबार

नागरिकता बनाइदिने भन्दै प्रतिव्यक्ति १ लाख उठाउँदै भारतीय नागरिक, एक जना पक्राउ


२५ असार, झापा । झापाको दमकमा भारतीय नागरिकहरुलाई नागरिकता निकालिदिन्छु भनेर रकम उठाउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । यस्तो गिरोह तथा व्यक्तिहरुलाई प्रहरीले निगरानी बढाएको हो ।

भारत घर भएका २७ वर्षीय मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेर ठगी मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गा रेग्मीले जानकारी दिए । ठाकुर विहार राज्य दरवंगा जिल्ला अलिनगर ग्राम पञ्चायतको स्थायी बासिन्दा रहेको जनाईएको छ ।

दमक वडा नं. ९ मा डेरा गरेर बस्ने ठाकुरले तीन जना भारतीय नागरिकहरुलाई नागरिकता निकालिदिने भनेर जनहि एक लाख रुपियाँ उठाएको हो ।

नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपछि जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु भएपछि ठाकुरले भारतीय नागरिकहबाट र नागरिकता बनाउन अति आवश्यक कागजपत्र मिलाउन नसकेकाहरुबाट पैसा उठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि रेग्मीे जनाए ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives