१६ माघ २०८२, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र देउवालाई ओलीले भेटेपछि एमालेको संसदीय दलको बैठक सुरू


२५ असार, काठमाडाैँ । नेकपा एमालेले संसदीय दलको बैठक सुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेटेपछि एमालेले बैठक बोलाएको थियो ।

अहिले बानेश्वरस्थित संसद भवनको लोत्सेहलमा बैठक बसिरहेको छ।

बैठकमा ओलीले तीन दलका शीर्ष नेताबीच भएको छलफलबारे व्रिफिङ गर्ने बताइएको छ । शीर्ष नेताहरूको बैठकमा सदन सञ्चालन गर्न दिने एमालेले सहमति जनाएको बताइएको छ ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार