१६ माघ २०८२, शुक्रबार

एमालेले संसद अवरूद्ध गरेको हैन, प्रधानमन्त्रीले राजिनामा दिए सहमति जुट्छ : केपी ओली


२४ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने अडान राखेका छन् ।

ओलीले प्रधानमन्त्री कै कारण संसद बन्द भएको दाबी गर्दै एमालेका कारण संसद् अवरूद्ध नभएको बताएका हुन् ।

ओलीले सदन सञ्चालन गर्न आफूहरु सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत नभएको बताए । उनले सहमतिका लागि राजीनामा नै चाहिने पनि बताएका छन् ।

यसअघि आइतबार सिंहदरबारमा बसेको शीर्ष तीन दलका नेताहरूको बैठकमा संसद चल्न दिने सहमति भएको थियो । सोही अनुसार ३ बजे संसद् बैठक बस्ने समेत तय भएको थियो ।

तर, संसद् बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार