१६ माघ २०८२, शुक्रबार

प्रतिनिधिसभाको बैठक आज नबस्ने, भोलीका लागि सर्यो


२४ असार, काठमाडाैँ । आइतबारका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सोमबारका लागि सरेको छ। सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक निर्धारित समयमा बस्न नसकेपछि सोमबार दिउँसो ३ बजे बस्नेगरी निर्धारण गरिएको हो।

महासचिव गौतमले प्रतिनिधि सभाको नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक सोमबारका लागि निर्धारण गर्नुभएको सूचना मार्फत जानकारी गराएका हुन्।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अपराह्न ३ बजेका लागि सारेका थिए ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार