२६ बैशाख २०८३, शनिबार

रबिन तामाङको आज अन्त्येष्टी गरिने


२४ असार, काठमाडाैँ । चर्चित रक गायक रबिन तामाङको आज अन्त्येष्टी गरिने भएको छ ।

गत मंगलबार आफ्नै घरमा मृत फेला परेका गायक तथा अभिनेता तामाङको आज तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने जानकारी दिइएको छ ।

अन्तिम श्रद्धाञ्जलीका लागि अन्तिम संस्कारअघि रविनको पार्थिव शरीरलाई आज बिहान नक्शालस्थित संगीत तथा नाट्य एकेडेमी नक्शालमा राखिनेछ ।

गत मंगलबार साँझ तामाङ बुढानीलकण्ठस्थित निवासमा मृत भेटिएका थिए । उनको मृत्युको कारण मुटु सम्बन्धि समस्या हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

६० वर्षीय तामाङ ‘रविन एण्ड द न्यु रिभोलुसन’ ब्याण्डका भोकलिस्ट हुन् ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives