१६ माघ २०८२, शुक्रबार

कांग्रेसका जिल्ला सभापतिको भेला सकियो, निरन्तर संवादमा रहन ह्वाट्स एप ग्रुप बनाउने लगायत निर्णय


२२ असार, काठमाडाैँ । नेपाली नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सकिएको छ । ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने १४ बुँदे प्रतिबद्धता पारित गर्दै उक्त भेला सकिएको हो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बैठकमा पार्टी सभापतिहरुको उठाएका विषयहरू केन्द्रीय समितिमा उठाउने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला सभापतिहरूले पार्टीसँग सरकारका मन्त्रीको समन्वय नभएको, बजेटमा विभेद गरिएको, भातृ संस्था लाई पूर्णता दिने क्रममा जिल्ला सभापतिहरुलाई बेवास्ता गरिएको लगायत असन्तुष्टि व्यक्त गरेका थिए ।

त्यसैगरी, जिल्ला सभापतिहरू ह्वाट्स एप ग्रुप बनाएर निरन्तर संवादमा रहने निर्णय समेत भेलाले गरेको छ ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार