१६ माघ २०८२, शुक्रबार

प्रधानमन्त्रीको अभिव्यक्तिले जनतालाई ठेस पुगेको छ : शेखर कोइराला


२२ असार, काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति गलत भएको बताएका छन् ।  उनले प्रचण्डको उक्त अभिव्यक्तिले जनतालाई ठेस पुगेको पनि बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले सो क्रममा भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको गरिमा र नेपाली जनतालाई समेत ठेस पुर्‍याएको छ ।’

असार १८ गतेको कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार