१६ माघ २०८२, शुक्रबार

पाँच महिनामै राजनीतिबाट सन्यास लिइन् एलिजा गाैतमले


२१ असार, काठमाडाैँ । एलिजा गौतमले राजनीतिबाट सन्यास लिएकी छन् । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य रहेकी गाैतमले फेसबुकमार्फत यो जानकारी दिएकी हुन् ।

गत माघ १४ गते उनी नागरिक उन्मुक्ति पार्टीमा सामेल भएकी थिइन् । तर, पाँच महिनामै उनी राजनीतिबाट अलग्गिएकी हुन् ।

उनले सन्यासको घोषणा गर्दै धरानका मेयर हर्क साम्पाङले राम्रो काम गरेको भन्दै प्रशंसा गरेकी छन् ।

‘उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैँ उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । ’ उनले लेखेकी छन् ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार