१६ माघ २०८२, शुक्रबार

आजदेखि काँग्रेस जिल्ला सभापतिको भेला


२१ असार, काठमाडाैँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरू काठमाडौँमा भेला भएका छन् । आजबाट सुरु हुने जिल्ला सभापतिहरूको भेलामा सहभागी बन्न उहाँहरू काठमाडौँ आएका हुन् ।

भेला दिउँसो १२ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी सचिवालयले जनाएको छ । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौँ बोलाएका हुन् । भेला शुक्रवारसम्म सञ्चालन हुनेछ । बैठकमा मुख्य छलफल पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे हुनेछ ।

क्रियाशील सदस्यको जिल्लागत अवस्था, पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायतका विषयसहित छलफल हुने जनाइएको छ ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार