२५ बैशाख २०८३, शुक्रबार

ग्वार्कोमा बन्दै गरेको फ्लाइओभरको डिजाइन गलत, काम ठप्प


२१ असार, ललितपुर । ललितपुरको ग्वार्को चोकमा बन्दै गरेको फ्लाइओभरको डिजाइन गलत भएको पाइएको छ । डिजाइन गलत भेटिएपछि अहिले फ्लाइओभर निर्माणको काम रोकिएको छ ।

गत माघ २८ गतेबाट उक्त स्थानमा नेपालकै पहिलो फ्लाइओभर निर्माणको काम थालिएको थियो । तर, सडक विभागले फ्लाइओभर बनाउने क्रममा देखिएको प्राविधिक समस्याका कारण तत्कालका लागि काम रोकिएको जानकारी दिएको छ ।

प्राविधिक समस्या देखिएको बताइएता पनि के समस्या हो भन्ने यकिन हुन नसकेको र प्राविधिकले समस्या पहिचानको काम गरिरहेको बताइएको छ ।

यो फ्लाइओभर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी एम/एस आशिष–समानान्तर (जेभी) ले ठेक्का पाएको थियो । फ्लाइओभरको लागत १७ करोड ६८ लाख ८८ हजार ८ सय ८ रुपैयाँ रहेको छ ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives