१६ माघ २०८२, शुक्रबार

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति, बोलायो संसदीय दलको बैठक


२० असार, काठमाडाैँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार दिउसो १.३० बजे बस्नेगरी एमालेले बैठक बोलाएको बताइएको छ ।

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भन्दै दिएको अभिव्यक्तिप्रति पनि एमालेले आपत्ति जनाएको छ ।

यसै अभिव्यक्तिलाई लिएर एमालेले  संसदीय दलको बैठक बोलाएको बताइएको छ । बैठक सिंहदरबारमा बस्नेछ ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार