१६ माघ २०८२, शुक्रबार

मलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैचोटि दिल्ली जानु भयो : प्रचण्ड


२० असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको अभिव्यक्ति दिएका छन् ।

आफूलाई प्रधानमन्त्री बनाउनका लागि सिंहले दिल्लीसमेत धाएको अभिव्यक्ति दिएपछि प्रचण्ड विवादमा पर्न थालेका छन् ।

प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले भनेका छन्, ‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो ।’


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार