१८ असार, काठमाडाैँ । ललिता निवास जग्गा प्रकरणमा थप २ जना पक्राउ परेका छन् ।
सोमबार केन्द्रीय अनुसन्धान ब्युरोले समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।
उनीहरूलाई काठमाडाैँबाट पक्राउ गरिएको हो ।
उनीहरूसहित ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।
प्रकाशित मिति: १८ असार २०८०, सोमबार