१७ असार, काठमाडाैँ । वकिलहरूले ललितपुर जिल्ला अदालतकी नायव सुब्बा प्रेमिका तामाङविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । अदालतकी कर्मचारी तामाङले घुस मागेको दाबी गर्दै उनीहरूले उजुरी दिने तयारी गरेका हुन् ।
उनीहरूले नष्ट गरेको कसुरमा ललितपुर जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डे र नायब सुब्बा तामाङविरुद्ध जाहेरी दिन लागेको जानकारी दिइएको छ ।
ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा अदालतका कर्मचारीले हडताल गरिरहेका छन् ।
प्रकाशित मिति: १७ असार २०८०, आईतवार