२९ मंसिर २०८२, सोमबार

साताको पहिलो दिन बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?


१७ असार, काठमाडाैँ । सुन चाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार एक सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदी आज तोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार