१५ असार, काठमाडाैँ । अदालतकी कर्मचारी प्रेमिका सुब्बा कुटपिटको घटनाप्रति भर्तसना गर्दै आइतबार अदालतका कर्मचारीले पेन डाउन गर्ने भएका छन् ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै विभिन्न कर्मचारी संगठनले बिहान १० बजेदेखि दिउसो १ः ३० बजेसम्म पेनडाउन गर्ने जानकारी दिएका छन् ।
विज्ञप्तिमा कर्मचारीमाथि कुटपिट गर्ने कानुन व्यवसायी अमिर लामिछानेलाई कानुन बमोजिम कारबाहीको माग समेत गरिएको छ ।
संयुक्त विज्ञप्तिमा कार्यकक्षभित्रै कर्मचारी कुटपिट गर्ने कानुन व्यवसायीलाई रिहाइ गर्न उच्च अदालत बार ललितपुरले विज्ञप्ति निकालेको भन्दै आपराधिक घटनालाई बारले प्रोत्साहन गर्नु अत्यन्त दुःखद र भर्त्सना योग्य रहेको उल्लेख गरिएको छ ।
यसै सम्बन्धका ललितपुर जिल्ला अदालतका कर्मचारीहरूले संयुक्त विज्ञप्ती जारी गर्दै दोषीलाई उन्मुक्ति दिनेगरी जारी गरिएको विज्ञप्ती खारेज गर्ने जानकारी दिएका छन् । अमानविय र अपराधिक कार्यलाई कोही कसैबाट उन्मुक्ति दिने कार्य पनि नहोस् भन्दै ध्यानाकर्षण गरिएको छ ।
प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार