१ श्रावण २०८२, बिहीबार

एक मत नपुगेर कोशीमा पनि ढल्यो एमालेको सरकार


१५ असार, काठमाडाैँ । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । शुक्रबार मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विश्वासको मत नपाएपछि कोशी प्रदेशमा पनि एमाले सरकार ढलेको हो ।

मुख्यमन्त्रीले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत परेको थियो । त्यस्तै, जसपाकी सांसद् भने बैठकमा अनुपस्थित थिइन् ।

कार्कीको मुख्यमन्त्री पद जोगाउन ४७ मत आवश्यक थियो । तर, एमालेका एमालेका ४० र सत्ता साझेदार राप्रपाका ६ जनाले पक्षमा मतदान गर्दा एक मत नपुगेर कार्की नेतृत्वको सरकार ढलेको छ ।

मुख्यमन्त्री कार्कीको विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले मतदान गरेका थिए ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार