१४ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ।
बिहीबार बिहान बसेको माओवादी केन्द्रको कोशी प्रदेश सभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको जानकारी दिइएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजै प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव गर्दैछन् ।
सरकारमा सहभागी नेकपा माओवादी केन्द्रले जेठ २३ तथा जनता समाजवादी पार्टीले जेठ १७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको थियो ।
प्रकाशित मिति: १४ असार २०८०, बिहीबार