१० पुष २०८१, बुधबार

ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति


१३ असार, काठमाडाैँ । ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

जिल्ला अदालत, काठमाडौंले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई काठमाडाैँका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । मंगलबार यो प्रकरणमा ७ जना पक्राउ परेता पनि अदालतबाट स्टे अर्डर लिएका तीन जना भने छुटेका थिए ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?