१३ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालयमा सचिवहरू उत्साहित हुन नसकेको प्रति आफु जानकार रहेको बताएका छन् ।
सांसद् सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री कार्यालयमा सरुवा हुँदा सचिवहरूले कारबाहीमा परेको जस्तो महसुस गर्ने गरेकोबारे सवाल उठाएका थिए । सांसद् यादवको सवालको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सेवा कसरी सुदृढीकरण गर्ने भन्ने विषयमा छलफल भएको समेत बताएका थिए ।
सांसद यादवले प्रधानमन्त्रीलाई सोधेका थिए, ‘प्रधानमन्त्री कार्यालयमा जो सचिवहरू सरुवा हुन्छन्, उनीहरू झोक्राएर बस्छन् । किनकि प्रधानमन्त्रीले आफ्नै आसेपासे र सचिवालयबाट प्रधानमन्त्री कार्यालय चलाउनुहुन्छ । सचिवले त झन् गर्व गर्नुपर्ने म प्रधानमन्त्री कार्यालयमा छु, देशको प्राइम सत्ताको ठाउँमा छु भनेर, तर त्यस्तो हुन सकेको छैन । यसको कारण के हो ?’
जवाफमा प्रधानमन्त्रीले भने, ‘प्रधानमन्त्री कार्यालयमा सचिवहरू उत्साहित हुनुपर्ने ठाउँमा झोक्राएर बस्नुपर्ने स्थिति छ भन्ने कुरामा प्रधानमन्त्रीका रूपमा मेरो ध्यान गएको छ । कसरी सुदृढीकरण गर्ने भन्ने विषयमा छलफल भएको छ । सम्भवतः केही समयभित्रै यो संरचनालाई बदलिन्छ ।’
प्रकाशित मिति: १३ असार २०८०, बुधबार