१३ असार, काठमाडाैँ । ललिता निवास प्रकरणको छानबिन गर्न प्रहरीले ४०६ जना प्रतिवादीविरुद्ध पक्राउ अनुमति लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
सीआईबीले मंगलबार बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको अभियोगमा ७ जनालाई पक्राउ पक्राउ गरेको थियो । तर, अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसी भने कागज गरेर रिहा भइसकेका छन् ।
त्यस्तै, पक्राउ पर्ने अन्यमा पूर्व निर्वाचनआयुक्त सुधिर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गाैतम छन् ।
प्रकाशित मिति: १३ असार २०८०, बुधबार