१२ असार, काठमाडाैँ । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अहिलेसम्म केन्द्रीय अनुसन्धान ब्यूरोले उनीसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटमा सञ्चालक मीनबहादुर गुरूङ पनि रहेका छन् ।
यसैगरी, पक्राउ पर्ने अन्यमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसी रहेका छन् ।
शाह २०७३ फागुन ५ गतेदेखि २०७५ चैत २८ गतेसम्म आयुक्त थिए।
प्रकाशित मिति: १२ असार २०८०, मंगलवार