१२ असार, काठमाडाैँ । प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
रास्वपाका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै बैठक अवरुद्ध पारेका थिए । रास्वपालाई नेकपा (एमाले)का सांसदले पनि साथ दिएका थिए ।
प्रकाशित मिति: १२ असार २०८०, मंगलवार