१ पुष २०८२, मंगलवार

ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरूङ पक्राउ


१२ असार, काठमाडाैँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । उनको निवास नक्सालबाटै उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

उनलाई ललिता निवास प्रकरणका लागि अनुसन्धान गर्न पक्राउ गरिएको बताइएको छ ।

उनीमाथि ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणको आरोप छ । उनी प्रहरीको फरार सूचीमा समेत रहेका थिए ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार