१५ पुष २०८१, सोमबार

मेयर बालेनविरूद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा


११ असार, काठमाडाैँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले प्रमुख साहविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको हो ।

प्रमुख साहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन शुक्रबार दर्ता गराएकी थिइन् ।

यसअघि आइतबार न्यायाधीश ढुङ्गानाकै इजलासमा उक्त मुद्दाको पेशी तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो ।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?