३ पुष २०८२, बिहीबार

पशुपतिका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध करिब डेढ करोडको भ्रष्टाचार मुद्दा दर्ता


११ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।

एक करोड ४४ लाख ११ हजार ७८१ रुपियाँ ७१ पैसा गैरकानुनी रुपमा आर्जन गरेको र सो रकमको स्रोत नखुलेका कारण अख्तियारले सोमबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिए ।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार